नेपाल टेलिकमले भन्यो- आधिकारीक पेजमात्र फलो गर्नुस्, कुनैपनि व्यक्तिगत जानकारी नदिनुस्

  • Technology Khabar | २० जेष्ठ २०७८, बिहीबार
नेपाल टेलिकमले भन्यो- आधिकारीक पेजमात्र फलो गर्नुस्, कुनैपनि व्यक्तिगत जानकारी नदिनुस्
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै जस्तै देखिने अन्य ‘फेक पेज’ हरुबाट सतर्क हुन सबैलाई आग्रह गरेको छ। नेपाल टेलिकमले आफ्नो जस्तै देखिने पेजहरुमा कुनै जानकारी नदिन र फिसिङ्गबाट बच्न समेत भनेको छ ।

कम्पनीले हालै एक सूचना जारी गर्दै आफ्नो एक मात्र आधिकारिक फेसबुक पेज रहेको जानकारी गराएको छ । यसका साथै आफ्नो जस्तै देखिने र यस्तै मिल्दा जुल्दा नाम तथा सामाग्री राखेर अनाधिकृत पेजहरुबाट भ्रामक जानकारी प्रकाशित भइरहेकोले ती पेजहरु फलो नगर्न समेत सचेत गराएको छ ।

‘नेपाल टेलिकमको नाम लोगो तथा अन्य सामाग्री प्रयोग गरि विभिन्न सामाजिक सञ्जालहरुमा अनधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भईरहेकोले त्यस्ता पेजहरुमा आफ्नो कुनै विवरण उपलब्ध नगराउनुहुन समस्तलाई आग्रह गर्दछौं,’ टेलिकमको फेसबुक पेजमा प्रकाशित सूचनामा भनिएको छ ।

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २० जेष्ठ २०७८, बिहीबार