पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सञ्चार प्लेटफर्म’ अब सँधैका लागि बन्द

  • Technology Khabar | २० जेष्ठ २०७८, बिहीबार
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सञ्चार प्लेटफर्म’ अब सँधैका लागि बन्द

काठमाडौं ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सञ्चार प्लेटफर्म स्थायी रूपमा बन्द गरिएको छ । उनका प्रवक्ताले सीएनबीसीलाई वेबसाइट बन्द गरिएको बारेमा जानकारी दिएका हुन्।

‘हामीसँग भएका बृहत प्रयासहरूको लागि यो सहयोगी मात्र हो र हामी काम गरिरहेका छौं,’ वरिष्ठ सहयोगी जेसन मिलरले भने।

सो प्लेटफर्म, ‘डेस्क अफ डोनाल्ड जे ट्रम्प’ शीर्षकमा, गत महिना प्रक्षेपण गरिएको थियो । जहाँ पूर्व राष्ट्रपतिको प्रेस विज्ञप्ति र भिडियो सहित आफ्नो सामग्री प्रकाशित गर्नको लागी एक तरिकाको रूपमा सेवा प्रदान गरिरहेको थियो।

ट्रम्प क्यापिटल हिल दंगापछि फेसबुक र ट्विटरबाट प्रतिबन्धित रहेका छन् ।

डोनाल्ड जे ट्रम्पको डेस्कबाट पूर्व राष्ट्रपतिको आधिकारिक वेबसाइटमा पनि एक भागको रुपमा ‘डेस्क अफ डोनाल्ड जे ट्रम्प’ लाई राखिएको थियो, तर अब यसलाई हटाइएको छ।

मिलरले ट्विटर मार्फत पुष्टि गरे यो ट्रम्पको सोशल मिडियामा फिर्ता हुने पूर्वसूचक हो, यद्यपि यो कहिले वा कसरी भन्ने अझै अस्पष्ट छ। एजेन्सी

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...