वैशाखसम्म ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ८६ प्रतिशत सम्पन्न

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं ।

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप विकास ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७७ चैत्र मसान्तसम्म लगभग ८६ प्रतिशत काम सम्पन्न भएको छ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १५ ओटा प्याकेजहरु मार्फत् ६० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ। यस्तै २ ओटा प्याकेज मार्फत् १० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ।

साथै २ ओटा प्याकेजहरु मार्फत् ९ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायकहरु छनोट भइ निर्माण कार्य भइरहेको छ। हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै एउटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।

३ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।

२०७८ वैशाख मसान्तसम्म उपरोक्त उल्लेखित ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण:

विवरणस्थानीय निकायको कार्यालयवडा कार्यालयमाध्यमिक विद्यालयस्वास्थ्य संस्थाको संख्याजम्मा
सम्झाैता भएका १८ प्याकेजका साइट संख्या७०२५,९३३५,२२५४,१२२१५,९८२
इन्टरनेट जडान सम्पन्न भएको६३१५,०६७४४३७३५६५१३,७००
जडान गर्न बाँकी संख्या७१८६६७८८५५७२,२८२
इन्टरनेट जडान सम्पन्न प्रतिशत८९.८९८५.४०८४.९२८६.४९८५.७२

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया