८ मिनेटमा ४ हजार एमएएचको मोबाइल फुल चार्ज गर्न सक्ने २०० वाटको चार्जर ल्याउँदै शाओमी

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार
८ मिनेटमा ४ हजार एमएएचको मोबाइल फुल चार्ज गर्न सक्ने २०० वाटको चार्जर ल्याउँदै शाओमी

काठमाडौं ।

शाओमीले हालै आफ्नो विश्व कीर्तिमानी मोबाइल चार्जर प्रदर्शन गरेको छ। यो चार्जरबाट मोबाइल चार्ज हुने गति तार जोडेर वा वायरलेस दुवैको तुलना हाल बजारमा रहेका कुनै पनि चार्जरले गर्न सक्दैनन्।

कम्पनीले ४००० एमएएच ब्याट्री भएको मोडिफाइ गरेको एमआई ११ प्रोमा परीक्षण गर्दै हाइपर चार्ज सिस्टमद्वारा २०० वाट क्षमताको आउटपुटमार्फत् उक्त फोन ८ मिनेटमा फुल चार्ज गरेको थियो।

यसबाट वायरलेस चार्ज गर्दा चार्जरले १२० वाटसम्मको आउटपुट निकाल्ने ४००० एमएएचको सोही ब्याट्री फुल चार्ज गर्न १५ मिनेट लाग्ने पनि कम्पनीले जनाएको छ।

सामान्यतया चिनियाँ स्मार्टफोनहरुमा सधैँ टकराव भनेको चार्जिङ स्पीड हो जुन प्रदर्शन गर्दा अब्बल देखिन्छ तर सोही क्षमता बजारमा आउने उत्पादनमा नहुन पनि सक्छ।

दुई वर्षअघि शाओमीले १०० वाट क्षमताको चार्जर निकालेर १७ मिनेटमा एउटा ४००० एमएएच क्षमताको ब्याट्री फुल चार्ज हुने बताएको थियो। गत वर्ष ४५०० एमएएच क्षमताको एमआई १० अल्ट्रा सोही चार्जरले चार्ज गर्दा १२० वाट आउटपुटसहित २३ मिनेटमा फुल चार्ज भएको थियो।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार