
काठमाडौं ।
सरकारले साइबर सुरक्षाको उद्धेश्यले ल्याएको सरकारी इमेलको आधिकारिकता र सुरक्षाअन्तरगत हालसम्म ११ हजार इमेल ठेगानाहरु तयार पारेर प्रणालीमा आबद्ध गरीएको छ।
चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणअनुसार नेपाल सरकारका कर्मचारीहरुको इमेलको आधिकारिकता र सुरक्षा सुनिश्चित गर्न विभिन्न सरकारी निकायका कर्मचारीहरुको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आबद्ध गरी व्यवस्थापन गरिएको छ । त्यसैगरि यी इमेलहरुका लागि आवश्यक सफ्टवेयर समेत जडान गरिएको सवेएक्षणमा उल्लेख छ।
त्यसैगरि विद्युतीय माध्यमबाट हुने कारोबार र चिठ्ठीपत्र लागयतका कागजातको विश्वसनीयता अभिवृद्धि गर्न ती कारोबारको साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न विद्युतीय हस्ताक्षर कार्यान्वयनमा ल्याईएकोछ ।
यसको आधिकारिकता र कारोबार तत्काल फरफारक गर्न सो सम्बन्धी लाइसेन्स जडान गरी सञ्चालनमा ल्याईएको छ ।
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार