
काठमाडौं ।
देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहिया मानिर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ।
उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले समुद्धघाटन गरे। अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।
सो भवनको उद्घाटन कार्यक्रम मिति २०७८ जेष्ठ १२ गते बुधबार दिनको ३ः०० बजे सियारी–२, र्मनहिया, रुपन्देहीमा रहेको थियो। उक्त भवन निर्माण गर्न रु ७० लाख लागेको छ ।
अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले भने ,“मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउछ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौ ।”
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार