यी हुन् नेपालका ‘टप टेन’ १० आईएसपीहरु, कसका ग्राहक कति पुगे?

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस वर्षको फागुन मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

माघ मसान्त – ४, ५१, ७६६फागुन मसान्त – ४, ६१, ०६५वृद्धि – ९, २९९

 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७७ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ६१ हजार ६५ पुगेको छ। माघ मसान्तसम्म ४ लाख ५१ हजार ७६६ रहेकामा उक्त सङ्ख्यामा ९ हजार २९९ बढेको हो। यीमध्ये वायरलेसका ग्राहक १, १३७, केबलका ग्राहक ९८५ र फाइबरका ग्राहक ४, ५८ हजार ९४३ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि

माघ मसान्त- १, ८४, ५२९फागुन मसान्त – १, ८८, ७२०वृद्धि – ४, १९१

 

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या १ लाख८८ हजार ७२० पुगेको थियो। यो सङ्ख्या माघ मसान्तसम्म १ लाख ८४ हजार ५२९ रहेको थियो।

एक महिनामा ४ हजार १९१ ग्राहक थपिएका छन्।

यीमध्ये वायरलेसका ग्राहक १०, ३५२, केबलका ग्राहक २७, २४१ र फाइबरका ग्राहक १, ५१ हजार १२७ रहेका छन्।

३. क्लासिकटेक प्रालि

माघ मसान्त – १, ३७, ३३६फागुन मसान्त – १, २७, ७६१वृद्धि – ९, ५७५

 

तेस्रो नम्बरको क्लासिकटेक प्रालिको जम्मा ग्राहक सङ्ख्या माघ मसान्तसम्म १ लाख २७ हजार ७६१ रहेकामा एक महिनामा ९ हजार ५७५ थपिएर अहिले १ लाख ३७ हजार ३३६ पुगेको छ। यसमध्ये १, २८३ जना वायरलेसका तथा १,३६, ०५३ जना फाइबरका ग्राहक छन्। क्लासिकटेक प्रालिका केबलका ग्राहकहरु छैनन्।

४. भायानेट कम्युनिकेशन प्रालि – १, ३५, ५००

माघ मसान्त – १, ३२, ४४३फागुन मसान्त – १, ३५, ५००वृद्धि – ३,०५७

 

उत्कृष्ट १० को सूचीमा चाैथो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको माघ महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ३२ हजार ४४२ रहेकामा एक महिनाको अवधिमा ३ हजार ५७ वृद्धि भएर १ लाख ३५ हजार ५०० पुगेको छ। यो पुरै सङ्ख्या फाइबर सेवा लिने ग्राहकहरुको हो भने भायानेट कम्युनिकेशन प्रालिका केबल र वायरलेसका कुनै ग्राहक छैनन्।

५. टेकमाइण्ड्स नेटवर्क प्रालि

माघ मसान्त – ५७, ६४१फागुन मसान्त – ५६, ९३२घटेको – ७०९

 

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ५६ हजार९३२ ग्राहकसहित पाँचाैं नम्बरमा परेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् माघ मसान्तको भन्दा ७०९ ले कम हो।

५६ हजार ९३२ मध्ये २, ४६४ जना वायरलेसका तथा ५४, ४६८ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

६. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४०, १०९

माघ मसान्त – ४०, १०९फागुन मसान्त – ४०, १०९अन्तर – यथावत

 

उत्कृष्ट १० को छैटाैं नम्बरमा परेको ब्रोडलिक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४० हजार १०९ जना ग्राहक रहेकोमा ३५६ जना वायरलेसका तथा बाँकी ३९, ७५३ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाकोभन्दा कुनै घटबढ छैन।

७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि

माघ मसान्त – २९, ६७१फागुन मसान्त – २९, ६७१अन्तर – यथावत

 

कुल ग्राहक सङ्ख्या २९ हजार ६४१ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको साताैं नम्बरमा यथावत छ। उसको अघिल्लो महिनामो ग्राहक संख्या र सूचीको स्थानमा कुनै परिवर्तन छैन।

उसका २९ हजार ६४१ मध्ये ३, ०९७ जना वायरलेसका तथा बाँकी २६, ५७४ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

८. कनेक्ट नेपाल नेटवर्क – १८, ११०

माघ मसान्त – १८, ११०फागुन मसान्त – १८, ११०अन्तर – यथावत

 

सूचीको आठाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ११० रहेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् माघ मसान्तमा पनि यति नै थियो भने यो आईएसपी सूचीको आठाैं नम्बरमा नै थियो।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ५२० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १७, ५९० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

९. एरोनेट प्रालि

माघ मसान्त – १२, ७६९फागुन मसान्त – १२, ७६९अन्तर – यथावत

 

माघ महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १२ हजार ७६९ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि फागुन मसान्तमा पनि उत्तिकै ग्राहक संख्याका साथ यथास्थानमा रहेको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७८ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १२ हजार ६९१ रहेको तथ्याङ्क छ।

१०. इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेड

माघ मसान्त – ७, ८४०फागुन मसान्त – १०, ३७७वृद्धि – २, ५३७

 

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडको कुल ग्राहक सङ्ख्या १० हजार ३७७ जना रहेकामा यो सम्पूर्ण सङ्ख्या फाइबरमार्फत् सेवा लिने ग्राहकहरुको हो। इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडले वायरलेस वा केबलमार्पत् सेवा उपलब्ध गराएको छैन।

अघिल्लो महिना १० औं स्थानमा रहेको प्रभु डिजिटल लिमिटेडलाई पछि पार्दै इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेड टप टेनमा पुनरागमन गर्न सफल भएको हो। माघ मसान्तसम्म ७, ८४० ग्राहक रेहेका इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडले एक महिनामा उक्त सङ्ख्या २, ५३७ ले बढाएर सूचीमा प्रभु डिजिटललाई विस्थापित गरेको हो।

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया