यस्ता छन् यस वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी आम्दानी गर्न सफल उत्कृष्ट १० स्मार्टफोन

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
यस्ता छन् यस वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी आम्दानी गर्न सफल उत्कृष्ट १० स्मार्टफोन

काठमाडौं ।

यस वर्षको पहिलो त्रैमासमा विश्व बजारमा स्मार्टफोनको आम्दानी १ खर्ब डलर नाघेको छ। यसमा नाम चलेका ब्राण्डहरुका स्मार्टफोनले नै ठूलो हिस्सा ओगटेका छन्।

काउन्टरपोइन्ट रिसर्चको एक प्रतिवेदन अनुसार २०२१ को पहिलो त्रैमासमा एप्पलको आईफोन १२ले बजारको एक तिहाइ हिस्सा ओगटेको छ। समग्रमा एप्पल र सामसङका विभिन्न उत्पादनले यो त्रैमासमा बजार आम्दानीमा वर्चस्व कायम गरेका छन्।

यी हुन् २०२१ पहिलो त्रैमासमा आम्दानीका हिसाबले उत्कृष्ट१० स्मार्टफोन

  • एप्पल आईफोन १२ प्रो मिक्स
  • एप्पल आईफोन १२ प्रो
  • एप्पल आईफोन १२
  • एप्पल आईफोन ११
  • सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी
  • एप्पल आईफोन १२ मिनी
  • सामसङ ग्यालेक्सी एस२१
  • ह्वावे मेट४० प्रो
  • सामसङ ग्यालेक्सी एस२१+
  • एप्पल आईफोन एसई २०२०

यी उत्कृष्ट १० स्मार्टफोनका मोडलले विश्वकै स्मार्टफोन आम्दानीको ४६ प्रतिशत हिस्सा ओगटेका छन्।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...