रियलमी जिटिको ‘एण्ड्रोइड १२ बीटा १’ लाई समर्थन गर्ने ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन आउँदै

  • Technology Khabar | ९ जेष्ठ २०७८, आईतवार
रियलमी जिटिको ‘एण्ड्रोइड १२ बीटा १’ लाई समर्थन गर्ने ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन आउँदै

काठमाडौं ।

विश्वमा तीव्र रुपमा आफ्नो बजार बिस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चाँडै ल्याउने घोषणा गरेको छ । फ्ल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बीटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।

रियलमी जीटीमा एण्ड्रोइड १२ बीटा १ अपडेट आउँदै

एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बीटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो । रियलमीले गुगलसँग निकटतम सहकार्य गरेर डेभलपरहरु मार्फत एण्ड्रोइड ११ बीटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नु पूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्ष पश्चात् आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्ज एमोलेड डिस्प्ले, ६५वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरि निर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बीटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउँछ ।

स्न्यापड्रागन ७७८जी ५जी रियलमी स्मार्टफोन

रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन अघि परेको छ । यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल साङ्केतिक नाम ‘क्विक सिल्भर’ मा काम गरिरहेको छ ।

स्न्यापड्रागन ७७८जी ५जीको मोबाइल प्लेटफर्म ६ एनएम चिप सहित क्वालकम कृयो ६७० सिपियुमा आधारित रहेकोछ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ । यसको एड्रेनो ६४२ एल जीपीयु ग्राफिक्स रेनडरिङ्ग गति अघिल्लो जेनेरेसनको भन्दा ४० प्रतिशत तिव्र छ । जीटी मोड र नयाँ कुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिम प्रदर्शन ल्याउनेछ ।

“रियलमीले क्वालकमसँग सहकार्य गरेर बहुचर्चित स्मार्टफोनहरु उत्पादन गरेको छ । स्न्यापड्रागन ७७८ जी ५जी मोबाइल प्लैटफर्म गेमिङका लागि समेत उत्कृष्ट प्रदर्शन दिन योग्य छ । रियलमीको नयाँ स्मार्टफोन ७७८ ५जी मोबाइल प्लैटफर्ममा आधारित पहिलो फोन हुनेछ । रियलमीले युवापुस्तालाई विशेष प्राथमिकतामा राखि उत्कृष्ट प्रदर्शनका साथ ५जी स्मार्टफोनहरु उत्पादनका लागि निरन्तरता दिनेछ,” कम्पनीका उपाध्यक्ष समेत रहेको ग्लोबल मार्केटिङ अध्यक्ष चेस चुले बताए ।

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार