सोशल मिडियामा कोभिड १९ को ‘भारतीय भेरिएन्ट’ भन्ने सामग्री हटाउन भारतीय सरकारको आदेश

  • Technology Khabar | ८ जेष्ठ २०७८, शनिबार
सोशल मिडियामा कोभिड १९ को ‘भारतीय भेरिएन्ट’ भन्ने सामग्री हटाउन भारतीय सरकारको आदेश

काठमाडौं ।

भारतको सूचना प्रविधि (आईटी) मन्त्रालयले सबै सोशल मिडिया कम्पनीहरूलाई पत्र पठाएर कोरोनाभाइरसको ‘भारतीय संस्करण’ भनिएको कुनै सामग्रीहरुलाई हटाउन भनेको छ ।

भारतीय आईटी मन्त्रालयको पत्रको बारेमा रोयटर्सले शुक्रबार रिपोर्ट गरेको छ।

विश्व स्वास्थ्य संगठनले मे ११ मा भनेअनुसार भारतमा गत वर्ष पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरस संस्करण बी.१.६१७ (B.1.617) लाई विश्वव्यापी चिन्ताको विविधताको रूपमा वर्गीकृत गरिएको थियो।

एक दिन पछि भारतीय सरकारले एक विज्ञप्ती जारी गर्दै मिडिया रिपोर्टहरुमा आधारहिनरुपमा भारतीय भेरिएन्ट भन्ने शव्द प्रयोग गरीरहेको र डब्ल्यूएचओले उक्त संस्करणलाई केबल बी.१.६१७ को रुपमा वर्गीकृत गरेको दाबी गरेको छ ।

सामाजिक मिडियाहरुलाई पठाईएको सो पत्रमा कोरोनाभाइरसको भारतीय भेरिएन्ट भन्ने सम्पूर्ण कन्टेन्टहरुलाई हटाउन भनिएको छ ।

सो पत्रमा भारतीय भेरिएन्ट भनिनु आधारहिन र पूर्णत झुट भएको भन्दै डब्लुएचओले भारतीय भेरिएन्ट भनेर नभनेको बताईएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार