टाटा मोटर्स प्यासेन्जरको फ्री सर्भिस र वारेन्टी अवधि थप

  • Technology Khabar | ७ जेष्ठ २०७८, शुक्रबार
टाटा मोटर्स प्यासेन्जरको फ्री सर्भिस र वारेन्टी अवधि थप

काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्गले टाटा मोटर्स प्यासेन्जरको फ्री सर्भिस र वारेन्टी अवधि थप गरेको छ।

टाटाले सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ।

यदि टाटा कार ग्राहकहरुको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने द स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म हुने बताइएको छ।

कम्पनीकाअनुसार यो आपतकालीन समयमा पनि टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ।

यदि गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, कम्पनीको टोल फ्री नम्बर एनटिसी १६६००१५५७७७ वा एनसिएल ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिन्छ।

साथै टाटा कारका ग्राहकहरुले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ्ग गर्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...