
काठमाडौं ।
कोरोना भाइरस महामारीको कारण विश्व रोकिईरहेको भए पनि स्मार्टफोन निर्माता कम्पनीहरूले टेक्नोलोजीलाई प्राथमिकता दिँदै उनीहरूको स्मार्टफोनलाई भर्चुअल लन्चिङ्ग कार्यक्रममार्फत विश्वमा प्रस्तुत गर्ने काम गरिरहेका छन्।
यस सूचीमा चिनियाँ स्मार्टफोन निर्माता शाओमीले निकै आक्रामकता देखाएको छ र नेपालसहित कयौं देशहरुमा पहिलो स्थान ओगटेको छ। कम्पनीले हालै नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ जसअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा शाओमीले एक वा दुई मात्र नभई १२ देशको स्मार्टफोन बजारमा पहिलो स्थान प्राप्त गरिसकेको छ।
शाओमीका प्रेसिडेन्ट लू वेइबिंगले चिनियाँ माइक्रो-ब्लगिंग साइट वेइबोमा एक पोष्ट सेयर गरे जसअनुसार २०२१ को पहिलो त्रैमासिकमा शाओमीले विश्वका १२ देशहरूमा स्मार्टफोन निर्माताको रूपमा पहिलो स्थानमा रहेको छ । उनले आफ्नो वेइबो पोष्टमा एउटा पोस्टर पनि साझा गरेका छन् जसमा १२ देशहरु नेपाल, स्पेन, रसिया, पोल्याण्ड, बेलारुस, युक्रेन, क्रोएशिया, लिथुआनिया, भारत, मलेसिया, म्यानमार र कोलम्बियाका झण्डा देखाइएको छ।
यसको अर्थ उल्लेखित देशहरुको बजारमा शाओमीले पहिलो स्थान हासिल गरेको छ ।

स्मरण रहोस क्यानालिसको ताजा रिपोर्टको जानकारीअनुसार शाओमीले २०२१ को पहिलो क्वाटरमा स्मार्टफोन निर्माताको रूपमा आफ्नो प्रभुत्व थप ससक्त बनाएको छ। कम्पनीले विश्व बजारमा तेस्रो स्थान हासिल गरेको छ भने अर्को ब्राण्ड एप्पल भन्दा झिनो अन्तरले तल रहेकोछ ।
नेपाली बजारमा अग्रस्थानमा रहेको शाओमीपछि दोस्रो स्थानमा सामसङ छ भने तेस्रो स्थानमा भीभो रहेको छ।
यो पनि हेर्नुस्-
शाओमीले नेपालमा पोको एक्स ३ प्रो लन्च गर्यो, यस्तो छ बजार मूल्य
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार