
काठमाडौं ।
पोकोले आधिकारिक रुपमा एम३ प्रो फाइभजी स्मार्टफोनमा ४८ मेगापिक्सेलको क्यामरा रहने पुस्टि गरेको छ।
यसको डिजाइन हेर्दा भ्यानिला एम३ मा जस्तै पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्य क्यामरा सेन्सर सहितको ट्रिपल क्यामरा सेटअप देख्न सकिन्छ। यसबाहेक बाँकी दुई ओटाको कुनै स्पेसिफिकेशन खुुलाइएको छैन।
पोको एम३ प्रो फाइभजीको पहिले सार्वजनिक भएका विवरणमा ४८ मेगापिक्सेलको क्यामराबाहेक यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च फुल एचडी+ डिस्प्ले रहने बताइएको थियो। साथै यसलाई पावर दिनका लागि १८ वाट फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच क्षमताको ब्याट्रीका साथै मिडियाटेकको डाइमेन्वटी ७०० चिपसेट रहने पनि जानकारी बाहिरिएको थियो।
स्पेसिफिकेशनका हिसाबले यो फोन रेडमी नोट १० फाइभजी लाई नै नयाँ रुप दिएको जस्तो देखिन्छ। कम्पनी आफैंले यसको स्पेसिफिकेशनका बारेमा आधिकारिक जानकारी नदिइसकेकाले मे १९ अर्थात् आज गरिने सार्वजनिक कार्यक्रममा यसका बारेमा विस्तृत विवरण आउनेछ।
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार