
काठमाडौं ।
ट्विटरले यसअघि नै केही सुविधाहरूको लागि भुक्तानी गरेर सदस्यता लिने सब्सक्रिप्सन मोडलको अध्ययन गरिरहेको निश्चित गरिसकेको छ । हालै एप अनुसन्धानकर्ता जेन मानचुन वोङ्गले शनिबार ट्वीट गरेर सो सेवाको लागत कति हुन्छ र त्यसलाई के भनिन्छ भनेर पत्ता लगाएकी छिन् ।
‘ट्विटर ब्लू,’ वोङ्गले भनिन्, ‘प्रतिमहिना २.९९ डलर शुल्क हुनेछ, एक अनडू ट्वीट सुविधा र बुकमार्क संग्रह समावेश हुनेछ।’
वोङ्ग बताएअनुसार ट्विटर टियर्ड सब्सक्रिप्शन मोडेलमा काम गरिरहेको छ, जसमा अधिक शुल्क तिर्ने ग्राहकहरूका लागि कम क्लटर्ड, प्रीमियम अनुभव हुन सक्छ।
Twitter is calling their upcoming Subscription Service “Twitter Blue”, priced at $2.99/month for now, including paid features like:
Undo Tweets: https://t.co/CrqnzIPcOH
Collections: https://t.co/qfFfAXHp1o pic.twitter.com/yyMStpCkpr
— Jane Manchun Wong (@wongmjane) May 15, 2021
पछिल्ला दिनहरुमा ट्विटरले लगातार नयाँ प्रडक्ट र फिचरहरु घोषणाहरू गरेको छ, सम्भावित आपत्तिजनक ट्वीटहरूको लागि यसको चेतावनीहरू अद्यावधिक गर्दै, यसको फोटो क्रपिङ्ग एल्गोरिथ्म सुधार गर्दै एन्ड्रोइड प्रयोगकर्ताहरूको डाइरेक्ट मेसेजहरुलाई सर्च क्षमतामा सुधार, र टिप जार सुविधालाई उपलब्ध गराईरहेको छ ।
यसै सिलसिलामा कम्पनीले नयाँ फिचर ल्याउन लागेको अनुमान गरिएको छ । तर कम्पनीले यस बारेमा कुनै आधिकारीक जानकारी दिएको छैन् ।
प्रकाशित: २ जेष्ठ २०७८, आईतवार