इलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी र गुगल क्लाउडबिच कनेक्टिभिटीको सम्झौता

  • Technology Khabar | ३१ बैशाख २०७८, शुक्रबार
इलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी र गुगल क्लाउडबिच कनेक्टिभिटीको सम्झौता

काठमाडौं ।

गुगलले इलन मस्कको स्पेस कम्पनी स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको सेवा आफ्नो क्लाउड इकाईसँग प्रयोग गर्न सम्झौता गरेको बिहिबार बताएको छ ।

सो सम्झौतापछि स्पेसएक्सले विश्वभरि रहेका गुगलको क्लाउड डाटा केन्द्रहरूमा स्टारलिंक टर्मिनल स्थापना गर्नेछ । जसमा स्टारलिंक ग्राहकहरूको लागि क्लाउड प्रयोग गर्ने लक्ष्य राखी र गुगललाई यसको इन्टरप्राइज क्लाउड ग्राहकहरूको लागि तिब्रगतिको स्याटेलाइट इन्टरनेट नेटवर्क प्रयोग गर्न सक्षम पार्नेछ।

‘स्टारलिंक-गुगल क्लाउड क्षमताहरू, जून विश्वको दुर्गम क्षेत्रहरुमा समेत सुरक्षित डाटा डेलिभरीसहित समावेश छ, सन् २०२१ को अन्त्यसम्ममा ग्राहकहरुलाई उपलब्ध हुनेछ,’ गुगलले एक विज्ञप्तिमा भन्यो ।

‘स्पेसएक्सले गुगलको नयाँ अल्बानी, ओहायोमा रहेको डाटा सेन्टरमा पहिलो स्टारलिंक टर्मिनल स्थापना गर्नेछ,’ एक प्रवक्ताले भने, ‘साझेदारीमा थप योजनाहरू आगामी महिनाहरूमा सेयर गरिनेछ।’

यो साझेदारीले दुबै कम्पनीहरुलाई नयाँ बाटो खोलेको बताईएको छ । किनकी स्पेसएक्सले स्याटेलाइटको माध्यमबाट तिब्रगतिको इन्टरनेट सेवा दिने लक्ष्य राखेकोछ भने अर्को प्रतिस्पर्धी कम्पनी अमेजनको कुइपर प्रोजेक्टले पनि सोही प्रकारको व्यवसाय लक्षित गरेर काम गरिरहेको छ ।

त्यस्तै गुगलले पनि अमेजन क्लाउडसँगको बढ्दो प्रतिस्पर्धा बिच नयाँ व्यवसाय प्राप्त गर्दै थप सेवा बिस्तार गर्ने लक्ष्य लिएकोछ ।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार