एलजी र जनरल मोटर्स मिलेर ब्याट्री रिसाइकल थाल्ने

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
एलजी र जनरल मोटर्स मिलेर ब्याट्री रिसाइकल थाल्ने

काठमाडौं ।

एलजी इनर्जी सोलुशन र जनरल मोटर्सको साझेदारीमा स्थापना भएको अल्टयम सेल्सले यसै वर्ष ब्याट्री रिसाइकल गर्न शुरु गर्ने भएको छ।

यी दुईले ब्याट्री रिसाइकल गर्नका लागि अमेरिकाको ब्याट्री रिसाइकल गर्ने संस्था लि-साइकलसँग साझेदारी गर्न लागेको एलजीले जानकारी दिएको छ।

प्रयोग गरिसकिएका ब्याट्रीमा भएका कोबाल्ट, निकल, लिथियम, ग्राफाइट, तामा, म्यागानिज तथा अलुमिनियम लाई निकालेर रिसाइकल गरी पुन: प्रयोग गर्न सकिन्छ।

यस्ता ब्याट्रीका ९५ प्रतिशत सामान रिसाइकल गरेर पुन प्रयोगमा पठाउन सकिन्छ। अल्टियम सेल्स र लि-साइकलले हाइड्रोमेटालर्जिकल प्रक्रियामार्फत् रिसाइकल गर्ने हुनाले अन्य प्रकियाभन्दा कम कार्बन उत्सर्जन हुने पनि बताइएको छ।

यी कम्पनीले यसै वर्षको अन्त्यतिर उक्त प्लान्टबाट ब्याट्री रिसाइकल थाल्ने एलजीको भनाइ छ। जनरल मोटर्सले स्वाप गरिएका तथा ग्राहकहरुबाट प्राप्त ब्याट्रीहरुलाई सन् २०१३ देखि नै रिसाइकल तथा पुन:प्रयोग गर्दै आइरहेको छ।

एलजीका अनुसार रिसाइकल गर्न सहज होस् भन्ने उद्देश्यले अल्टियम सेल्सले मोड्युलर डिजाइन प्रयोग गर्दै आएको छ।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार