गुगल असिस्टेन्टलाई छिट्टै एन्ड्रोइड फोनको पावर बटनमार्फत सञ्चालन गर्न सकिने

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
गुगल असिस्टेन्टलाई छिट्टै एन्ड्रोइड फोनको पावर बटनमार्फत सञ्चालन गर्न सकिने

काठमाडौं ।

हालै प्रकाशित एक रिपोर्टका अनुसार गुगल असिस्टेन्ट फिचर केही समयपछि एन्ड्रोइड फोनको पावर बटनमार्फत चलाउन सकिनेछ। अहिलेसम्म यो फिचर ओके गुगल वा हे गुगल तथा स्वाइप जेस्चर मार्फत प्रयोग हुँदै आएको छ।

केही फोनमा भने डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि उपलब्ध छन्। तर अब भने गुगलले छिट्टै नै यो फिचर सबै एन्ड्रोइड स्मार्टफोनको पावर बटनमार्फत नै चलाउन मिल्ने बनाउने भएको हो।

यो फिचरका बारेमा पहिलोपल्ट एक्सडीए डेभलपरहरुले थाहा पाएका थिए। गुगलको अत्याधुनिक गुगल एपको टियर डाउन प्रकाशित गर्दा त्यसमा एन्ड्रोइड १२ मा भर्चुअल असिस्टेन्टका लागि पावर बटन प्रयोग गरिने उल्लेख गरिएको डेभलपरहरुले भेटेका थिए।

यसलाई फोनको सेटिङमा गएर इनेबल गर्न सकिने बताइएको छ। एक्सडीए डेभलपर मिशाल रहमानले एन्ड्रोइड १२ को डेभरपर भर्सन राखिएको पिक्सेल ३ एक्सएलको सेटिङमा यो सुविधा देखेका थिए। तर उनले उक्त अप्शनलाई इनेबल गर्न भने सकेका थिएनन्।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...