सामसङले बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कांग्रेसमा भर्चुअल सहभगिता जनाउने

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
सामसङले बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कांग्रेसमा भर्चुअल सहभगिता जनाउने

काठमाडौं ।

साामसङले बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कांग्रेसमा भर्चुअल रुपमा सहभगिता जनाउने भएको छ।

गत वर्ष कोरोनाका कारण स्थगित भएको मोबाइल वर्ल्ड कांग्रेस पछि सम्पन्न हुन सकेको छैन। यसैलाई अब आगामी जुन २८ देखि जुलाई १ सम्म स्पेनको बार्सिलोनामा सम्पन्न हुनेगरी तय गरिएको छ।

यस वर्ष उक्त इभेन्टमा ५० हजारजना भन्दा बढीको उपस्थिति रहने आकलन गरिएको छ।

तर थुप्रै कम्पनीहरुले आफ्ना प्रतिनिधि भाैतिक रुपमा पठाउन स्वास्थ्यका हिसाबले ठिक नहुने बताइरहेका छन्। यसै सम्बन्धमा भर्खरै सामसङ इलेक्ट्रोनिक्सले भर्चुअल माध्यमबाट मात्र सहभागिता जनाउने निर्णय गरेको छ।

‘हाम्रा कर्मचारी, साझेदार तथा ग्राहकको स्वास्थ्य तथा सुरक्षा हाम्रो पहिलो प्राथमिकतामा पर्छ त्यसैले हामीले यस वर्षको इभेन्टमा भाैतिक उपस्थिति नगर्ने निर्णय गरेका छाैं। हामी यस क्षेत्रका साझेदारहरुसँग अत्याधुनिकर नवीन मोबाइल अनुभवका लागि काम गर्नमा निरन्तर लागिपर्ने छाैं, सामसङले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

मोबाइल वर्ल्ड कांग्रेसको आयोजक जीएसएमएले कार्यक्रममा आउने सबैको कोरोना नेगेटिभ प्रमाणपत्र देखाउनुपर्ने तथा प्रत्येक तीन दिनको अन्तरालमा परीक्षण गराउनु पर्नेछ। यति हुँदाहुँदै पनि सामसङलगायत थुप्रै कम्पनीले हात झिकेका हुन्।

यसबाहेक यस इभेन्टबाट हात झिक्ने ठूला टेक कम्पनीमा सोनी, नोकिया, गुगल तथा एरिक्सनलगायतका छन्। यस्तै ब्रिटिश टेलिकम, फेसबुक तथा ओर्याकलले पनि इभेन्टमा भाैतिक सहभागिता जनाउने छैनन्।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...