आउँदै गरेको डाइमेन्सिटी ९०० चिपसेटले स्न्यापड्रागन ७६८जी भन्दा राम्रो काम गर्ने

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
आउँदै गरेको डाइमेन्सिटी ९०० चिपसेटले स्न्यापड्रागन ७६८जी भन्दा राम्रो काम गर्ने

काठमाडौं ।

मिडियाटेकको डामेन्सिटी चिपसेट फाइभजीका क्षेत्रमा फैलँदै गएको छ। कम्पनीले डाइमेन्सिटी ११०० तथा १२०० को यसै वर्ष आउने घोषणा पहिले नै गरिसकेको छ।

अब भने उसले मध्यम स्तरको डाइमेन्सिटी ९०० चिपको घोषणा गरेको छ जुन यसअघिको डाइमेन्सिटी ८२० भन्दा बढी क्षमतायुक्त हुने बुझिएको छ।

हालै बाहिरिएको चर्चा अनुसार डाइमेन्सिटी ९०० ले स्न्यापड्रागनलाई क्षमतामा उछिनेको छ। यस्तै डाइमेन्सिटी ९०० ले यसअघिको डाइमेन्सिटी ८२० भन्दा १० प्रतिशत बढी काम गरेको बताइएको छ।

क्वालकमको मध्यम स्तरको फाइभजी चिपसेटमध्ये स्न्यापड्रागन ७८० जीले मात्रै आउँदै गरेका भिडियाटेकका चिपलाई उछिन्ने देखिएको छ।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार