ब्रोडवे इन्फोसिसले अनलाइनमार्फत पाईथन प्रोग्रामिङ निःशुल्क सिकाउँदै

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
ब्रोडवे इन्फोसिसले अनलाइनमार्फत पाईथन प्रोग्रामिङ निःशुल्क सिकाउँदै

काठमाडौं ।

वेबमा आधारित विभिन्न तालिमहरु दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट पाईथन प्रोग्रामिङ निःशुल्क रुपमा सिकाउने भएको छ । यो निःशुल्क सेसन जेठ २ गतेदेखि जेठ ४ गते सम्म सञ्चालन हुनेछ ।

पाईथन प्रोग्रामिङ निःशुल्क सेसन बिहान ९ः५० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने छ भने ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन हुने ब्रोडवेले जनाएको छ ।

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कम्पनीको भनाई छ । यसमा पाईथनको आधारभूत कुराहरु, फ्रेमवर्क, स्कोप र भविषय बारे छलफल गरिनेछ ।

यदि तपाईँपनि पाईथन प्रोग्रामिङ सिक्न ईच्छुक हुनुहुन्छ भने सो निःशुल्क अनलाइन कक्षामा सहभागी हुन सक्नुहुनेछ ।

तर कम्पनीले हाल निःशुल्क अनलाइन कक्षाको लागि अत्यधिक माग आएको भन्दै दर्ता बन्द गरेको जनाएको छ । अब बाँकी ईच्छुकहरुलाई अर्को निःशुल्क अनलाइन कक्षाको सेशनमा सहभागी गराउने ब्रोडवेले जनाएको छ ।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार