इलन मस्कको टेस्लाले डजिक्वाइनलाई स्वीकार गर्ने बारेको ट्वीट, २५ लाख भन्दा धेरै प्रतिकृया

  • Technology Khabar | २८ बैशाख २०७८, मंगलवार

काठमाडौं ।

क्रिप्टोकरेन्सीका पारखी अर्बपति इलन मस्कले मंगलबार ट्विटरमा आफ्ना ५ करोड ४० लाख फलोअरहरुलाई डजिक्वाइनको बारेमा सोधेका छन् । उनीहरुलाई ‘के तपाईं टेस्लाले डजिक्वाइनलाई स्वीकारोस भन्ने चाहनुहुन्छ?’ भन्ने प्रश्न गरेका थिए । 

उनले सो प्रश्न गरेको ५ घण्टाभित्र २० लाख भन्दा धेरै प्रतिकृया आएको र प्रत्येक ४ जनामध्ये ३ जनाले त्यसमध्ये सो नयाँ क्रिप्टोकरेन्सीलाई प्रमाणित गर्न भोट गरेका छन् । अहिलेसम्म यसमा २५ लाख भन्दा धेरै भोट गरिएको छ भने ६९ हजार भन्दा धेरै रिट्वीट र २ लाख भन्दा धेरै लाइक्स आईसकेको छ ।

हाल भर्चुअल करेन्सी डजिक्वाइनको मूल्य ४८ अमेरिकी सेन्ट बराबर रहेको भएपनि विश्वमा यसको वास्तविक प्रयोग भएको छैन् ।

मस्कले सो प्रश्न, एक ट्विटर सर्वेक्षणको रूपमा गरेका थिए जून उनले डजिक्वाइनलाई हस्टल अर्थात भिडभाड वा दबाबयुक्त भएको भनेको एक दिनपछि आएको छ ।

क्रिप्टोकरेन्सी डजिक्वाइन जसले एक महिनामा नै ७०० प्रतिशतको वृद्धि  हासिल गरिसकेको छ जून मिम-प्रेरित क्रिप्टोकरन्सी हो ।

अहिलेको मूल्यमा क्रिप्टोकरेन्सी डजिक्वाइन प्रयोग गरेर टेस्लाको सबैभन्दा सस्तो मोडल ३ कार किन्ने हो भनेपनि ८० हजार क्रिप्टोकरेन्सी डजिक्वाइन वा ०.७ बिटक्वाइन आवश्यक पर्दछ ।

क्रिप्टोकरेन्सी डजिक्वाइनलाई मस्कले आगामी वर्ष लन्च गर्ने स्पेसएक्सको म‌ंगल अन्तरिक्ष अभियानकोलागि स्वीकार गर्ने केहि दिनअघि बताएका थिए ।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया