
काठमाडौं ।
गएको मार्चमा फेसबुकले १३ वर्षसम्मका बच्चाहरुका लागि इन्स्टाग्राम फर किड्स एप ल्याउने बारे बजफीडमा एउटा रिपोर्ट प्रकाशित भएको थियो।
सोमबार अमेरिकाका ४४ महान्यायाधिवक्ताहरुले एउटा पत्रमा हस्ताक्षर गरेर फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पठाएका छन्।
उक्त पत्रमा फेसबुकले किन बच्चाबच्चीका लागि तयार पारिएको इन्स्टाग्रको बजार खोज्नुहुँदैन भन्नेबारे कारण र अनुसन्धानका निष्कर्ष सूचीबद्ध गरिएको छ।
ती कारणहरुमा बच्चाहरुको गोपनीय डाटा सुरक्षामा फेसबुकको फितलो इतिहास, अनुसन्धानले सामाजिक सञ्जाल बच्चाहरुका लागि शारीरिक र मानसिक दुवै रुपमा हानिकारक हुने देखाएको, बच्चाहरुमा गोपनीयताबारे पूरा ज्ञान नहुने भएकाले गलत व्यक्तिले निशाना बनाउन सक्ने तथा इन्स्टाग्राम चलाउने धेरै किशोरकिशोरीहरु साइबर अपराधका शिकार हुने गरेको लगायतका छन्।
उक्त पत्रमा महान्यायाधिवक्ता गठबन्धनका प्रमुख माउरा हिलेले जुकरबर्गले सामाजिक सञ्जाल बच्चाहरुका लागि हानिकारक रहेको मान्न नखोजेको भए पनि थुप्रै अनुसन्धान र प्रमाणहरुले उनको अटेरीपनालाई चुनोती दिएको उल्लेख गरेका छन्।
प्रकाशित: २८ बैशाख २०७८, मंगलवार