गोरिल्ला ग्लास निर्माता कम्पनी कोर्निङ्गमा एप्पलको अर्को ४५ लाख डलर लगानी

  • Technology Khabar | २७ बैशाख २०७८, सोमबार
गोरिल्ला ग्लास निर्माता कम्पनी कोर्निङ्गमा एप्पलको अर्को ४५ लाख डलर लगानी

काठमाडौं ।

एप्पलले गोरिल्ला ग्लास निर्माता कम्पनी कोर्निङ्गलाई यसको एडभान्स म्यानुफ्याक्चरिङ्ग फण्डबाट अर्को ४५ लाख डलर लगानी प्रदान गरेको छ । पछिल्लो चार बर्षमा अमेरिकामा आधारित कम्पनीलाई एप्पलले ४ करोड ५० लाख डलर दिईसकेको छ भने यो अहिलेको रकम थप लगानी हो ।

एप्पलको घोषणाका अनुसार सो नयाँ लगानीले ‘अमेरिकामा कर्निंगको निर्माण क्षमता विस्तार गर्दछ र अनुसन्धान तथा विकासलाई नयाँ टेक्नोलोजीमा लैजान्छ जसले टिकाऊपन र दिगो उत्पादन सपोर्ट गर्दछ।’

कोर्निङ्गले आईफोन, आईप्याड र एप्पल वाचसहित विभिन्न प्रकारका एप्पल उत्पादनहरूका लागि ग्लास प्रदान गर्दछ। दुई कम्पनीहरुले मूल आईफोनको लागी इतिहास बनाएका छन् ।

गत वर्ष, तिनीहरूले आईफोन १२ लाईनअपको सेरामिक शील्ड टेक्नोलोजीमा सहकार्य गरेका थिए जसलाई एप्पलले “कुनै पनि स्मार्टफोन ग्लास भन्दा ससक्त भएको दाबी गरेको छ र यसको पछिल्लो फ्ल्यागशिपहरू झर्दा हुने क्षतिको लागि चार गुणा बढी प्रतिरोधी बनाउँदछ।

एप्पलको साथसाथै, कोर्निङ्गको गोरिल्ला ग्लास सामसङको ग्यालेक्सी एस २१ अल्ट्रा सहित अनगन्ती एन्ड्रोइड निर्माताहरूका फोनहरूमा प्रयोग गरिन्छ।

सो ४५ लाख डलर कोर्निङ्गले कसरी प्रयोग गर्दछ भन्ने विषय एप्पलले बताएको छैन् । तर सन् २०२३ मा एप्पलले फोल्डेबल फोन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

यसअघि नै कोर्निङ्गले फोल्डेबल ग्लास विकास गरिरहेको रिपोर्टहरु आएका थिए । र संभवत आागमी दिनमा सो ग्लास फोल्डेबल फोनहरुमा प्रयोग हुनेछ । जसले गर्दा अहिलेको जस्तो प्लास्टिक सुरक्षा लेयर प्रयोग गर्नुपर्ने छैन् । एजेन्सीहरु

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार