एन्ड्रोइडमा पनि छिट्टै क्लबहाउस उपलब्ध हुने, बिटा भर्सन शुरु

  • Technology Khabar | २७ बैशाख २०७८, सोमबार
एन्ड्रोइडमा पनि छिट्टै क्लबहाउस उपलब्ध हुने, बिटा भर्सन शुरु

काठमाडौं ।

सोसियल मिडिया कम्पनी क्लबहाउसले यसै साता अमेरिकाका एन्ड्रोइड प्रयोगकर्ताले क्लबहाउस प्रयोग गर्न सक्ने घोषणा गरेको छ।

क्लबहाउस अरुलाई इन्भिटेशन दिएर रियल टाइममा छलफल सुन्न र सहभागी हुन सकिने अडियोमा आधारित सामाजिक सञ्जाल हो।

आइतबार यसको बिटा भर्सन प्लेस्टोरमा सार्वजनिक गरिएको थियो। कम्पनीले अबको केही हप्तामा यसका देखा पर्ने समस्या तथा सुझाव संकलन गरेर भुक्तानी लगायतका फिचर थप गरेर मात्रै पूर्णरुपमा उपलब्ध गराइने बताएको छ।

यी सबै समस्या समाधान गरेर बिस्तारै अन्य अंग्रेजीभाषी देशहरुमा र त्यसपछि विश्वभर यसलाई सार्वजनिक गरिँदै लगिने बुझिएको छ। गत वर्षमात्र लञ्च भएको उक्त सामाजिक सञ्जाल हाल आईफोनमा मात्र उपलब्ध छ।

कम्पनीले क्लबहाउसमा भाषाको सपोर्ट थप्ने तथा प्रतीक्षासूचीमा बसेका आईओएसका थुप्रै प्रयोगकर्ताका साथमा अब एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि यो एप्लिकेशन लिएर आउन लागेको र विश्वभरका प्रयोगकर्ता आफ्नै तरिकाले यसलाई सजिलै प्रयोग गर्नसक्ने बताएको छ।

तर एन्ड्रोइडमा उपलब्ध भइसकेपछि पनि यसलाई प्रयोग गर्न यसको सामाजिक सञ्जालमा आबद्ध हुन जरुरी हुने जनाइएको छ।

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार