अमेरिकाको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमणपछि आपतकाल घोषणा

  • Technology Khabar | २७ बैशाख २०७८, सोमबार
अमेरिकाको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमणपछि आपतकाल घोषणा

काठमाडौं ।

अमेरिकामा देशको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमण पछि सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ । विज्ञहरूले इन्धन उत्पादक कम्पनी कोलोनियन नेटवर्कमा भएको यो आक्रमण कोरोना महामारीको कारण भएको विश्वास गरेका छन् ।

यस पाइपलाइनका अधिकांश इन्जिनियरहरू घरबाटै कम्प्युटरहरूमा काम गरिरहेका थिए। प्रति दिन २५ लाख ब्यारेल तेल कोलोनियन नेटवर्कको पाइपलाइनबाट पठाइन्छ । अमेरिकाको पूर्वी तटिय राज्यहरूमा ४५ प्रतिशत डिजेल, ग्यास र जेट ईन्धन यस पाइपलाइनद्वारा आपूर्ति गरिन्छ।

उक्त पाइपलाइनलाई शुक्रबार साइबर अपराधीहरूको एउटा टोलीले आक्रमण गरेको थियो त्यसपछि यसको मर्मत गर्ने काम अझै चलिरहेको छ ।

आपतकालिन घोषणापछि इन्धन आपूर्ति पाइपलाइनको सट्टा सडकद्वारा गरिने बीबीसीले उल्लेख गरेको छ ।

विज्ञहरू भन्छन कि यसका कारण, इन्धनको मूल्य सोमबारदेखि २-३ प्रतिशतले वृद्धि हुनेछ। यदि यो नेटवर्क छिट्टै पुनःस्थापित भएन भने यसको प्रभाव अझ फराकिलो हुन सक्छ।

कसले आक्रमण गर्‍यो

धेरै स्रोतहरूले यो र्यान्समवेयर आक्रमण डार्कसाइड नामक साइबर-आपराधिक गिरोहद्वारा गरिएको थियो भनेर पुष्टि गरेका छन् । ह्याकरहरु बिहीबार कोलोनियन नेटवर्कमा प्रवेश गरे र करिब १०० जीबी डाटा आफ्नो कब्जामा लिएका थिए । यस पछि, ह्याकरहरूले केही कम्प्युटर र सर्भरहरूमा डाटा लक गरे र शुक्रबार फिरौती मागेका थिए । उनीहरुले यदि रकम नदिउको खण्डमा यो डाटा इन्टरनेटमा लीक गरिदिने धम्की दिएका छन् ।

कम्पनीले प्रहरी, साइबर सुरक्षा विज्ञहरू र ऊर्जा विभागसँग सेवाहरू पुनःस्थापना गर्न सम्पर्कमा छन्।

आइतबार राती कम्पनीले उसको चारवटा मुख्य लाइनहरू अवरोधमा पुगेको बताएको छ र टर्मिनलदेखि डेलिभरी प्वाइन्टसम्म केही साना लाइनहरू सञ्चालन सुरु भएको छ। कम्पनीले भन्यो, “आक्रमण पत्ता लागेको लगत्तै हामीले तिनीहरूमा आक्रमण नहोस भनेर हाम्रो प्रणालीका केही साना लाइनहरू काट्यौं । यसले हाम्रा सबै पाइपलाइनहरू र केही आईटी प्रणालीहरू केही समयको लागि रोकिएको छ, जुन हामी अब पुनःप्राप्ति गर्ने काम गरिरहेका छौं।”

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार