ताजा समाचार

साइबर आक्रमणका कारण अमेरिकाको प्रमुख इन्धन नेटवर्क बन्द

साइबर आक्रमणका कारण अमेरिकाको प्रमुख इन्धन नेटवर्क बन्द
सांकेतिक तस्बिर
Global IME Bank

अमेरिकाको शीर्ष ईन्धन पाइपलाइन अपरेटर कोलोनियल पाइपलाइनले साइबर आक्रमण पछि आफ्नो सम्पूर्ण नेटवर्क शुक्रबार बन्द गरेको छ ।

सो कम्पनीले खाडी तटमा अमेरिकाका रिफाइनरहरूबाट पूर्वी र दक्षिणी संयुक्त राज्य अमेरिकामा ईन्धन आपूर्ति गर्दछ तर र्यान्समवेयरका कारण नेटवर्क बन्द गरेको उद्योग स्रोतहरूलाई उल्लेख गरेर रोयटर्सले  रिपोर्ट गरेको छ ।

कम्पनीले प्रति दिन २५ लाख ब्यारल पेट्रोल, डिजेल, जेट ईन्धन र अन्य परिष्कृत उत्पादनहरू ५५०० माईल पाइपलाइनमार्फत ओसारपसार गर्दछ, र पूर्वी तटको ईन्धन आपूर्तिको ४५ प्रतिशत ढुवानी गर्दछ।

कोलोनियलले शुक्रबारको आक्रमणको बारेमा थाहा पाएपछि खतरालाई नियन्त्रण गर्न प्रणालीहरू बन्द गरेको एक विज्ञप्तिमार्फत बताएको छ। ‘त्यो कार्यले अस्थायी रूपमा अपरेसनहरू रोकेको छ र यसको केही आईटी प्रणालीलाई प्रभावित गरेको छ,’ कम्पनीले भन्यो ।

यस बारेमा अमेरिकी सरकारले अनुसन्धान शुरु गरिसकेको छ भने यो आक्रमणमा उच्च व्यवसायीक ह्याकर समूहको स‌ंलग्नता रहेको बताईएको छ ।

साइबर सुरक्षा समुदायकाअनुसार डार्कसाइड भन्ने समूहले सो र्यान्समवेयर आक्रमण गरेको अनुमान गरेका छन्। सो समूह र्यान्समवेयर आक्रमण गर्न र प्रभावितसँग रकम असुल गर्न कुख्यात रहेको रिपोर्टमा उल्लेखछ ।

कोलोनियलले यसको लागि स्वतन्त्र साइबर सुरक्षा अनुसन्धान फर्मलाई नियुक्त गरेको छ भने सरकारी अधिकारीहरुसँग पनि सम्पर्कमा रहेको बताएको छ ।

Sajilo Visa
easy care