नेपाल इन्फ्रास्ट्रक्चर बैंक अब आरटीजीएस प्रणालीमा आबद्ध

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक अब आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।

यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आवद्ध गराएको हो ।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो ।

यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार