
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय बढ्दै गएको कोभिड १९ को जोखिमलाई न्यूनीकरण गर्दै दूरसञ्चार सेवा सञ्चालन गर्न सबै मातहतका सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।
प्राधिकरणले आज आफूसँग दूरसञ्चार सेवा सञ्चालनका लागि इजाजत लिएका सेवा प्रदायकहरुलाई ९ बुँदे निर्देशन दिएको हो।
प्राधिकरणले भाैतिक दूरी कायम गरेर सेवा दिने विद्युतीय माध्यमबाट ग्राहकहरुलाई शुल्क भुक्तानी गर्न गराउन लगाउने जस्ता विषयहरुमा ध्यान दिन भनेको छ ।
निर्देशनमा भाैतिक दूरी कायम गर्ने, गोष्ठी सेमिनारजस्ता कार्यक्रम भर्चुअल तरिकाले गर्ने, कर्मचारीको समूह विभाजन गरेर प्रत्यक्ष भेटघाट नहुने गरी तालिका बनाएर काम गर्ने, सम्भव भएसम्म वर्क फ्रम होम गर्ने, संक्रमणको शंका लागेमा परीक्षणको व्यवस्था मिलाउने, आईसोलेशन तथा क्वारेन्टाइनको व्यवस्था मिलाउने लगायतका रहेका छन्:
यस्तो छ ९ बुँदे निर्देशन :
दूरसञ्चार सेवा प्रदायक जारि गरिएको निर्देशनप्रकाशित: १५ बैशाख २०७८, बुधबार