सामसङको ली परिवारले झण्डै ११ अर्ब डलर उत्तराधिकार कर तिर्ने

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
सामसङको ली परिवारले झण्डै ११ अर्ब डलर उत्तराधिकार कर तिर्ने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडका अध्यइ ली कुन हीले आफ्नो जग्गाजमिनको उत्तराधिकार कर १० अर्ब ८० करोड डलर तिर्ने बताएका छन्।

यस बाहेक उनले आफूसँग भएका अथाह कलाकृतिका संग्रह पनि सरकारी क्युरेटरलाई दान दिने घोषणा गरेका छन्।

सामसङलाई विश्वकै अग्रणी स्मार्टफोन तथा मेमोरी चिप उत्पादक कम्पनीका रुपमा उभ्याउने श्रेय पाएका ली को गएको अक्टोबर २५ मा निधन भएको थियो। उनले छोडेर गएको जग्गाजमिनको मूल्याङ्कन लगभग २३ अर्ब ३४ करोड डलर थियो। यसैको उत्तराधिकार सकार्दा उनको परिवारले हाल सरकारी दरअनुसार हुने १० अर्ब ८० करोड डलरभन्दा माथिको कर तिर्नुपरेको हो।

सामसङमाथि परिवारको नियन्त्रणमा प्रभाव पार्न सक्ने भएकाले उत्तराधिकार कर विधेयकलाई विशेष महत्वका साथ हेरिएको छ। उनका परिवारले उक्त कर रकम आगामी ५ वर्षभित्र ६ किस्तामा बुझाउने र पहिलो किस्ता यसै महिना तिर्ने पनि बताएको छ।

सामसङले निकालेको एक विज्ञप्तिमा ली का परिवारले ‘राज्यका सबै करहरु तिर्नु आफ्नो नागरिक कर्तव्य र उत्तरदायित्व’ भएको उल्लेख गरेका छन्।

उक्त घोषणापछि सामसङको भगिनी सिं एन्ड सी टी कर्पको शेयरको मूल्य ५.५ प्रतिशत घटेको थियो।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...