नोकिया एक्स५० मा १०८ मेगापिक्सेल क्यामरा रहने

  • Technology Khabar | १४ बैशाख २०७८, मंगलवार

काठमाडौं ।

एचएमडी ग्लोबलले यसै महिनाको शुरुवातमा सी, जी र एक्स सिरिजका लगभग आधा दर्जन स्मार्टफोन सार्वजनिक गर्यो।

नोकियापावरयूजरका अनुसार हामीले छिट्छै नोकिया एक्स५० सिरिजका थुप्रै हाइ-इन्ड डिभाइसहरु देख्न पाउने भएका छाैं।

हालै लीक भएको विवरण अनुसार नोकिया एक्स५० मा स्न्यापड्रागन ७७५ चिपसेट तथा पछाडिपट्टि १०८ मेगापिक्सेलको क्यामरा रहने बुझिएको छ।

स्न्यापड्रागन ७७५ भर्जन स्न्यापड्रागनले सार्वजनिक गर्न नै बाँकी रहेको छ भने यसले अघिल्लो वर्षको चर्चित स्न्यापड्रागन ७६५जी प्लेटफर्मको अपडेटेड भर्जनमा रुपमा काम गर्ने अपेक्षा गरिएको छ।

प्राप्त जानकारी अनुसार उक्त चिपसेट ५ एनएम प्रोसेसमा बनेको हुने तथा यसको बेन्चमार्क स्कोर ७६५जी भन्दा अब्बल रहने बुझिएको छ।

क्यामराका हकमा जाइस अप्टिक तथा ओजो स्टुडियोको १०८ मुख्य मेगापिक्सेलको लेन्स रहनेछ भने यसबाहेक टेलिफोटो लेन्स, अल्ट्रावाइड, म्याक्रो र डेप्थ सेन्सर पनि रहनेछ।

यसमा १२० हर्ज रिफ्रेश रेट भएको ६.५ इन्च क्यूएचडी+ प्यानल रहनेछ भने ६००० एमएएच क्षमताको विशाल ब्याट्री पनि उपलब्ध छ। बजारमा चलेका हल्लाहरुका अनुसार यो यसै वर्षको अन्तिम चाैमासिकमा सार्वजनिक हुनेछ।

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार