
काठमाडौं ।
लक्ष्मी बैंकले ‘एपीआई बैंकिङ’ को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम ‘एलएक्सबी कनेक्ट’ नामक ‘एपीआई डेभलपर’ प्लेटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।
यस साझेदारी अन्तर्गत फिनटेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्।
‘एलएक्सबी कनेक्ट स्यान्डबक्स’ इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको ‘एपीआई’ सँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सकिनेछ।
लक्ष्मी बैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी ‘एपीआई’ मा पहुँच प्रदान गर्ने छः
खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने
वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिङ) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।
गैरवित्तीयः विनिमय दर, शाखा, एटीएएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटीएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैकिङ, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेको जनाएको छ।
प्रकाशित: १३ बैशाख २०७८, सोमबार