स्पेसएक्स एन्डेभरमार्फत चार अन्तरिक्ष यात्री अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा

  • Technology Khabar | १२ बैशाख २०७८, आईतवार
स्पेसएक्स एन्डेभरमार्फत चार अन्तरिक्ष यात्री अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा

काठमाडौं ।

शनिबार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्पेसएक्स क्रू ड्रागन क्याप्सुल एन्डेभरमा चार अन्तरिक्ष यात्रीको टोली पुगेका छन् । नासाकाअनुसार अघिल्लो स्पेसफ्लाइटबाट रिसाइकल गरिएको रकेट बूस्टरमार्फत कक्षमा प्रवेश गर्ने पहिलो चालक दल बनेको छ।

एन्डेभर क्याप्सुलले आफ्नो दोस्रो उडान भर्दै फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स फाल्कन ९ रकेट शुक्रबार अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

स्पेसएक्स एलन मस्कको कमर्शियल रकेट कम्पनी हो। अन्तरिक्ष यानले हिन्द महासागरभन्दा माथि पृथ्वीबाट २६४ माइल उडान गर्दै अन्तरिक्ष स्टेशन परिसरमा शनिवार डक गरेको नासाले उल्लेख गरेको छ । यस डकिङ्गको बारेमा नासाले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

यस मिसनमा ४ जना अन्तरिक्ष यात्रीहरु स्पेस स्टेशनमा पुगेका छन्। यो सँगै स्टेशनमा ११ जना अन्तरिक्ष यात्रीहरु रहेका छन् ।

यो नासाको पब्लिक प्राइभेट पार्टनरसिपअन्तरगत स्पेसएक्ससँगको तेस्रो उडान थियो भने नासासँगको सहकार्यमा स्पेस टिमलाई उडाउने दोस्रो अभियान थियो ।

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...