
काठमाडौं ।
तपाईले अक्सर मोबाइल फोन पड्किएको वा आगो लागेको घटनाहरु सुन्नुभएको होला। यसरी मोबाइल फोनमा आगो लाग्ने वा पड्किने विभिन्न कारण हुन्छ ।
र हालै यस्तै एउटा घटना चीनमा भएको छ, जहाँ एउटा मान्छेको झोला भित्र रहेको फोनमा अचानक आगो लागेको थियो। ती मानिस बाटोमा हिँडिरहेको बेला उसको झोलामा रहेको मोबाइलमा अचानक आगलागी भएको थियो ।
ट्विटरमा एउटा न्यूज च्यानलले पोष्ट गरेको भिडियोअनुसार आगलागीले त्यस व्यक्तिको कपाल, हात र आँखिभौं जलेको छ। साउथ चाइना मर्निङ्ग पोस्टले ट्विटरमा सेयर गरेको भिडियोअनुसार ती व्यक्तिले फोन सामसङको भएको बताएका छन्, जुन उनले २०१६ मा किनेको जानकारी दिएका छन् ।
This is the shocking moment a phone catches fire inside a man’s bag in China. pic.twitter.com/4C5zz8Ov6t
— South China Morning Post (@SCMPNews) April 20, 2021
जलेको फोनलाई भिडियोको अन्त्यमा देखाईएको छ, तर त्यसले फोन वास्तवमै सामसङ वा अन्य कुन ब्राण्डको थियो भनेर जानकारी दिएको छैन्।
यसअघि पनि सामसङका फोनहरु पड्किएको र आगो लागेको समाचारहरु आईरहेका थिए । कम्पनीले केहि वर्ष अगाडी नोट ७ फोन पड्किने कारणले गर्दा बजारबाट फिर्ता लिने र प्रतिबन्धित नै भएको थियो ।
यद्यपि हालको भिडियोमा केहि ट्विटर प्रयोगकर्ताहरूले यस्तो पुरानो फोनको ब्याट्रीमा लागेको आगोको लागि कम्पनीलाई दोष दिन नमिल्ने दाबी गरेका छन्। एक प्रयोगकर्ताले पुरानो फोनका कारण यस्तो हुन सक्ने वा फोनको ब्याट्री पुरानो हुँदा फुलेर आगो लागेको हुनसक्ने औंल्याएका छन् । एजेन्सीका साथ
प्रकाशित: ११ बैशाख २०७८, शनिबार