सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण

  • Technology Khabar | ११ बैशाख २०७८, शनिबार
सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण

काठमाडौं ।

सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानन्तरित शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका हुन् ।

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने बताए ।

ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताइन् । सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

करिब साढे पाँच लाख ग्राहकलाई ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हालसम्म करिब ८९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी करिब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरीसकेको छ ।

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार