
काठमाडौं ।
पेपलले चीनमा सीमापार भुक्तानीका लागि स्थानीय वालेट सञ्चालनमा ल्याउने भएको छ।
गएको जनवरीमा अमेरिकाको फिनटेक कम्पनी चीनमा कुनै भुक्तानी प्लेटफर्ममा १०० प्रतिशत स्वामित्व भएको पहिलो कम्पनी बनेको छ। अब भने पेपल पनि यो सूचीमा आउने भएको हो।
पेपल चाइनाका सीईओ हाना किउले सीएनबीसीलाई बताए अनुसार कम्पनीले चीनमा यस प्रकारको वालेट सञ्चालनमा ल्याउने भएको हो।
तर पेपलले त्यहाँ स्थानीय भुक्तानीका लागि चलिरहेका अलिपे र विच्याटसँग प्रतिस्पर्धा नगरी सीमापार भुक्तानीमा जोड दिनेछ।
सीएनबीसीले आयोजना गरेको बोआओ फोरम फर एसियाको एउटा प्यानल छलफलमा किउले आफ्ना योजनाबारे प्रकाश पारेका थिए।
‘हाम्रो आगामी व्यवसाय सीमापार भुक्तानीमा केन्द्रित हुनेछ। सीमापार बजारमा हाम्रा ३७ करोड ७० लाख व्यक्तिगत तथा २ करोडभन्दा धेरै संस्थागत यूजरहरु रहेका छन्’, किउले भने।
प्रकाशित: ७ बैशाख २०७८, मंगलवार