ओपो एफ१९ स्मार्टफोन नेपाली बजारमा

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

काठमाडौं ।

ओपोले नेपालमा एफ१९ को  बिक्री आरम्भ गरेको छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ ।

यस फोनमा क्वालकम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ भने ६ जीबी र्याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ । यसबाहेक ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध छ ।

ओपो एफ१९मा ४८एमपी मुख्य क्यामरा सहितको रियर एआई ट्रिपल क्यामेरा दिइएको छ । यसमा २एमपी डेप्थ क्यामरा र २एमपी म्याक्रो क्यामरा पनि जडान गरिएका छन् । सेल्फीका लागि १६एमपी एआई क्यामरा जडान गरिएको छ ।

प्रिज्म ब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध ओपो एफ१९मा अल्ट्रा हाई रेजोल्यूशन सहितको एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । फोनमा प्रयोगकर्ताको सहजताका लागि ईन-डिस्प्ले फिंगरप्रिन्ट ३.०पनिदिइएको छ ।

बजार उपलब्धता

६ जीबी र्याम र १२८जीबी स्टोरेज भएको फोनको मूल्य ३४ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया