शाओमी, ओपोलगायतले अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोन ल्याउने

  • Technology Khabar | ७ बैशाख २०७८, मंगलवार
शाओमी, ओपोलगायतले अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोन ल्याउने

काठमाडौं ।

शाओमी, ओपोलगायतका स्मार्टफोनमा अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोन ल्याउने भएका छन्।

यसको सूचीमा शाओमी, ओपो, भिभो, जेडटीई र मिइजु रहेका छन्। यी कम्पनीहरुले यस वर्षको दोस्रो ६ महिनामा अन्डरडिस्प्ले कयामरासहितको स्मार्टफोन बजारमा ल्याउने बुझिएको छ।

चर्चित् इन्साइडर आइस यूनिभर्सका अनुसार सामसङ र ओपोले भने अन्डर डिस्प्ले क्यामरा फोल्डेबल फोनहरुमा प्रयोग गर्ने बुझिएको छ भने शाओमीले आफ्नो आगामी स्मार्टफोन एआई मिक्स ४ मा प्रयोग गर्नेछ।

भिभोले आफ्नो नेक्स ५ मा सुधारिएको अन्डर डिस्प्ले क्यामरा यसै वर्षको दोस्रो ६ महिनामा ल्याउनेछ। जेडटीईले पहिलोपटक अन्डर डिस्प्ले क्यामरा रहेको एक्शन २० फाइभजी बजारमा ल्याएको थियो। तर यसमा क्यामराको गुणस्तर भने राम्रो थिएन।

हालै कम्पनीले एक्शन ३० मा नेक्स्ट जेनेरेशन क्यामरा प्रयोग गर्ने बुझिएको छ। तर यसका अन्य विवरण भने सार्वजनिक भएको छैन।

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ७ बैशाख २०७८, मंगलवार

NOC from Nagarik App

  • ७ बैशाख २०७८, मंगलवार

E-pension verification system launched

  • ७ बैशाख २०७८, मंगलवार