पहिलो पटक मंगल ग्रहको सतहमा हेलिकप्टर उडान सफल

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
पहिलो पटक मंगल ग्रहको सतहमा हेलिकप्टर उडान सफल

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार इन्जेनुइटी हेलिकप्टरले मंगल ग्रहमा उडान भरेको छ।

उक्त हेलिकप्टर सोमबार मंगल ग्रहको सतहमा उडान भरेको हो। यसरी कुनै अर्को ग्रहमा कुनै एयरक्राफ्टले उडान भरेको यो पहिलो पटक हो। ‍

नासाका अधिकारीहरुले यसको तुलना सन् १९०३ मा राइट दाजुभाइले उडाएको पहिलो हवाइजहाजको उडानसँग तुलना गरेका छन्।

इन्जेनुइटी नाम गरेको उक्त हेलिकप्टरले पर्सिभेरन्स रोभर पुग्न नसक्ने ठाउँहरुबाट तथ्यहरु संकलन गर्ने बुझिएको छ।

यसअघि अप्रिल ८ र पछि अप्रिल ११ मा उक्त हेलिकप्टरले मंगल ग्रहमा उडान भर्ने बताइए पनि खराब मोसम तथा अन्य समस्याका कारण यसले उडान भर्न सकेको थिएन।

उक्त हेलिकप्टरलाई मंगल ग्रहसम्म पुर्याउनु, त्यहाँको खराब मोसम झेल्न लगाउनु र अन्त्यमा उडान भर्न सफल गराउनुलाई नासाको ठूलो सफलता मानिएको छ।

उक्त रोबोट रोटर क्राफ्ट मंगल ग्रहमा पर्सिभेरन्स रोभरमा राखेर पठाइएको थियो। उक्त हेलिकप्टरले उडान भरेको ३ घण्टापछि उसले संकलन गरेको डाटा प्राप्त हुने नासाले जनाएको छ।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार