
काठमाडौं ।
शाओमीले पहिलो फोल्डेबल फोन एमआई मिक्स फोल्डको पहिलो फ्ल्यास बिक्री सुरू गर्यो र आशा गरेअनुसार सबै उपलब्ध डिभाइसहरु केहि सेकेन्डमा नै सकियो।
एकै मिनेटमा, कम्पनीले ४० करोड चिनियाँ युआनको आय रेकर्ड गर्दै, डिभाइसहरूको सबै रेकर्डहरुलाई धक्का दिएको छ ।
साधारण रुपमा हिसाब गर्दा शाओमीको पहिलो फोल्डेबल फोनको ३० हजार देखि ४० हजार युनिटहरू बीचमा वा प्रति सेकेन्ड ५०० यूनिट बिक्री गरेको देखाउँछ।
शाओमीको एमआई मिक्स फोल्डको ३ संस्करणहरु उपलब्ध थिए जसमा १२जीबी र्याम र २५६ जीबी स्टोरेज १२जीबी र्याम र ५१२ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेका छन् । यी फोनको बजार मूल्य न्यूनतम ९,९९९ युआन अर्थात करिब २ लाख रुपैयाँबाट शुरु हुन्छ ।
यसमा स्न्यापड्रागन ८८८ चिपसेट, १०८ मेगापिक्सेलको ट्रिपल क्यामरासेटअप, ६.५२ इन्चको एचडीआर १० एमोलेड डिस्प्ले र लिक्विड लेन्ससहितका फिचरहरु छन् । हाल यो फोन चिनियाँ बजारमा मात्र उपलब्ध रहेको छ । एजेन्सीका साथ
प्रकाशित: ५ बैशाख २०७८, आईतवार