दूरसञ्चार सेवामा लाग्दै आएको करका दर बारे पुनरावलोकन गर्न तयार -अर्थमन्त्री पौडेल

  • Technology Khabar | ४ बैशाख २०७८, शनिबार
दूरसञ्चार सेवामा लाग्दै आएको करका दर बारे पुनरावलोकन गर्न तयार -अर्थमन्त्री पौडेल

काठमाडौं ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले दूरसञ्चार सेवामा लाग्दै आएको करका दरहरु पुनरावलोकन गर्न तयार भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले आज सेजनद्धारा आयोजित कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भुमिका’ विषयक तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दूरसञ्चार तथा इन्टरनेटमा लाग्दै आएको करका दर बारे अध्ययन वा पुनरावलोकन गर्न तयार भएको बताएका हुन् ।

‘मेरो चासो इन्टरनेट सेवा नेपालमा सस्तो रहेको भन्ने र करका दरहरु बढि भएको भन्नेमा छ । ट्याक्समा रिभिजन वा अध्ययन गर्नुपर्ने भए छलफल गरौं,’ उनले भने ।

उनले सूचना प्रविधि क्षेत्रको महत्व धेरै भएको भन्दै यो क्षेत्र पछाडी परेको खण्डमा राष्ट्रियरुपमा नै पछाडी पर्ने बताए ।

उनले डिजिटल नेपालको अवधारणा र संरचनालाई परिमार्जन र परिस्कृत गर्दै लान सकिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले आगामी आवको बजेट निर्माणको चरणमा रहेको भन्दै त्यसमा पनि सुझावहरु दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सन् २०२० भित्र सबै नागरिकलाई ब्रोडव्याण्ड कनेक्सन पुर्याउने बताए । उनले दूरसञ्चार क्षेत्रले अर्थतन्त्रका अन्य क्षेत्रमा लागत घटाउने हुँदा यसको धेरै प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको बताए ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवामा हाल सरकारले धेरै कर लगाएको बताए । उनले कर घटाउन माग गर्दै त्यसले इन्टरनेट सेवा समेत सस्तो हुने बताए ।

त्यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले योगदानमा आधारित भएर ग्रामिण दूरसञ्चार विकास कोषको रकममा आधारित परियोजना दिनुपर्ने जिकिर गरे ।

राष्ट्रय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कडेँलले जनशक्ति पलायन रोक्न सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भुमिका हुने भन्दै अझैपनि देशमा डिजिटल डिभाइस र डिजिटल कनेक्टिभिटी पर्याप्त नभएको बताए ।

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ४ बैशाख २०७८, शनिबार