सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ अफर

  • Technology Khabar | २ बैशाख २०७८, बिहीबार
सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ अफर

काठमाडौं ।

सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिबद्धता अनुरुप ल्याइएको कम्पनीले जनाएको छ ।

एनसेलको डाटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् ।

आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् ।

पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र बडी सहि अवस्थामा हुनुपर्दछ।

यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...