नेपालमा मोबाइल वालेटमार्फत १० अर्बमाथिको कारोबार

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
नेपालमा मोबाइल वालेटमार्फत १० अर्बमाथिको कारोबार

काठमाडौं ।

नेपालमा मोबाइल वालेट मार्फत् हालसम्म १० अर्बमाथिको कारोबार भएको तथ्याङ्ले देखाएको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार चैत महिनाको शुरुवातसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ६ लाख तथा कारोबार रकम १० अर्ब १८ करोड नाघेको छ।

यो संख्या एक महिना अघि अर्थात् फागुन शुरुवातको तुलनामा कुल कारोबारभन्दा ९७ हजार ६६९ ले बढी हो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थालेपछि यस्ता कारोबार संख्या र कारोबार रकम बढ्न थालेका हुन्।

कारोबार संख्या बढेसँगै कारोबार रकममा पनि बढोत्तरी हुनु स्वाभाविकै हो।

फागुन शुरुवात सम्ममा मोबाइल वालेटमार्फत् ९ अर्ब ९४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा चैतको शुरुवातसम्ममा यो रकम बढेर १० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो महिनाको भन्दा २३ करोड २० लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...