
काठमाडौं ।
अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ।
यही बैशाख १ देखि ३ गतेसम्म उक्त सपिङ बजारबाट सामाग्री खरिद गरे ८० प्रतिशत छुट पाइनेदेखि आर्कषक उपहार पनि पाइन्छ।
यसै अवसरमा ग्यापूले अनलाईन मेला पनि सञ्चालन गरेको छ जहाँ ग्राहकहरुले दैनिक उपहार तथा कम मूल्यमा सामान खरिद गर्न सक्नेछन्।
योसंगै स्मार्टफोन, स्मार्ट घडी, स्मार्ट टिभी, ट्राभल भौचर, सपिङ भौचर, टुर प्याकेज तथा अन्य उपहार जित्ने मौका पाइन्छ।
त्यस्तै खरिद गर्दा ३० प्रतिशत पैसा फिर्ता पनि पाइने कम्पनीले उल्लेख गरेको छ।
यो अवसरमा ग्यापुबाट ग्राहकहरुले इलेक्ट्रोनिक समानहरु, घर तथा किचेनका समान, मेकअप तथा सौन्दर्यका सामाग्री, किताब तथा बालबालिकाहरुलाई खेलौना पनि किन्न सक्ने बताईएको छ।
इलेक्ट्रोनिक सामान
ग्यापूले इलेक्ट्रोनिक सामानमा विभिन्न अफर तथा छुटको व्यवस्था गरेको छ। यहाँबाट गर्मीका लागि फ्यान, रेफ्रिजिरेटर, गीत सुन्न र फिल्म हेर्नका लागि स्टिेरियो, क्यामेरा, भिडियोगेम, ल्यापटप, पाउन सकिन्छ।
घरका सामानहरु
घरका लागि चाहिने सबै किसिमका सामानहरु ग्यापुमा उपलब्ध छन्। खाना पकाउन आधुनिक माइक्रोवेभ देखि सफा गर्न भ्याकुम क्लिनर, क्यासट, वासिङ मेसिन, ग्राइन्डर पाइन्छ। यस्तो अवसर नगुमाउनुहोस्। सुपथ मुल्यमा यी सामानहरु पाइन्छ।
सौन्दर्यका सामान
सुन्दर बन्नका लागि चाहिने सबै किसिमका सामानहरु पनि यस अनलाइन सपिङ बजारमा उपलब्ध छ। छालालाई स्याहार्ने दैनिक क्रिम देखि चाउरी पर्न नदिने क्रिम र ब्राण्ड अनुसारका मेकअप समानहरु उपलब्ध छन्। यसमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
फेसन
आर्कषक देखिनका लागि आर्कषक पहिरनको जरुरी हुन्छ। आफ्नो स्टाईलको हिसाबमा लुगा, गहना, जुत्ता र अन्य समाग्रीहरु खरिद गरी भारी छुट पाउन सकिन्छ।
किताब
किताब किनेर पढ्ने बानी धेरै नै राम्रो हो। यदि किताब किने पढ्ने बानी भए विभिन्न किसिमका किताबहरु यहाँ उपलब्ध छ। फिक्सन, नन् फिक्सन, फेरीटेल, सेल्फ हेल्प, जियोग्राफी, साइन्स जस्ता विभिन्न विधाका किताबहरु लिन सकिन्छ।
खेलौना
बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसारको खेलौना ग्यापुले उपलब्ध गराएको छ। महंगो खेलौनाहरु देखेर हैरान हुनुहुन्छ भने आत्तिनु पर्दैन। सुपथ मुल्यमा खोलौना खरिद गरी उनीहरुको बाल्यकाललाई यादगार बनाइदिन सकिन्छ।
प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार