ज्याक मा को एन्ट ग्रुपलाई व्यापक पुनर्संरचना गर्न चीनको दबाब

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
ज्याक मा को एन्ट ग्रुपलाई व्यापक पुनर्संरचना गर्न चीनको दबाब

काठमाडौं ।

चीनले एन्ट ग्रुपलाई व्यापक पुनर्संरचना गर्न बाध्य तुल्याएको छ त्यसैले वित्तीय प्रविधि फर्मले बैंकको जस्तै काम गर्दछ।

गत नोभेम्बरमा एन्ट समूहको मेगा ३७ अर्ब डलरको प्राथमिक शेयर बजार निष्काशन नियामकर्ताहरूले कम्पनीको वित्त मोडल प्रति चिन्ताको कारण रोकिदिएका थिए।

हालको कदम तीव्ररुपमा वृद्धि भईरहेका टेक प्लेटफार्महरूलाई रोक्ने चीनद्वारा गरिएको व्यापक क्र्याडाउनको एक हिस्सा भएको बीबीसीले उल्लेख गरेको छ।

एकाधिकार सम्बन्धी चिन्ताको कारण एन्टको सम्बद्ध कम्पनी अलिबाबालाई शुक्रबार ३३० अर्ब डलरको रेकर्ड जरिवाना लगाइएको थियो।

चीनको पिपुल्स बैंकले निर्देशित गरेको पुर्नसंरचनाले एन्टलाई कडा नियामक निरीक्षक र न्यूनतम पूँजी आवश्यकताहरूको अधीनमा राख्दछ।

एन्ट ग्रुप चीनको सबैभन्दा ठूलो भुक्तानी प्रदायक हो, यसको डिजिटल भुक्तानी सेवा अलिपेमा ७३० मिलियन भन्दा बढि मासिक प्रयोगकर्ताहरू छन्।

रिपोर्टकाअनुसार चीनको केन्द्रीय बैंकले ‘बृहत् र सम्भावित पुनर्संरचना योजना अन्तर्गत’ एन्ट ग्रुपले अलिपे र यसको क्रेडिट कार्ड र उपभोक्ता ऋण सेवाहरूबीचको ‘अनुचित’ सम्बन्ध पनि कटौती गर्ने बताएको छ ।

यसको उपभोक्ता डाटाको स्टोर व्यापक रूपमा अन्य प्रतिस्पर्धीहरुको तुलनामा कम्पनीको प्रमुख फाइदाहरु मध्ये एकको रूपमा देखिन्थ्यो।

एन्ट ग्रुपले पर्सनल क्रेडिट रिपोर्टिङ्ग कम्पनी स्थापना गर्न पनि सहमति जनाएको छ, जसले व्यक्तिगत जानकारीको संरक्षणलाई मद्दत गर्दछ र डाटाको दुरुपयोगलाई प्रभावकारी रूपमा रोक्दछ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार