तिब्बत सिमानामा विश्वको सबैभन्दा उच्च राडार स्थलमा चीनद्धारा फाइभजी स्टेशन सञ्चालन

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
तिब्बत सिमानामा विश्वको सबैभन्दा उच्च राडार स्थलमा चीनद्धारा फाइभजी स्टेशन सञ्चालन

काठमाडौं ।

चीनले तिब्बत सिमाना नजिक विश्वको सबैभन्दा उच्च राडार साइटमा फाइभजी सिग्नल बेस स्टेशन स्थापना गरेको छ । गनबाला राडार स्टेशनमा चीनले इन्टरनेट सेवा सुरु गरेको छ।

गनबाला राडार स्टेशन भारत र भुटानको सिमाना नजिकै रहेको छ।

चीनको सेनाको आधिकारिक वेबसाइटकाअनुसार यस टावरको समुद्री उचाइ ५३७४ मिटर छ र यो विश्वमा सबैभन्दा माथिबाट अग्लो स्थानमा रहेको म्यानुअल्ली सञ्चालित राडार स्टेशन हो।

यो राडार भारत-भुटान सीमामा तिब्बतको नागार्जे काउन्टी क्षेत्रमा अवस्थित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

चिनियाँ सेनाका अनुसार आफ्ना सिपाहीहरूलाई फाइभजी सेवा प्रदान गर्न निजी क्षेत्रको सहयोगमा चीनले गत वर्ष गनबालामा यस स्टेशनको काम सुरु गरेको थियो ।

वेबसाइटमा यो भनिएको छ कि यो सेवा सुरु भएपछि सिपाहीहरूले पहाडमा पट्टाइलाग्दो जीवनको बीचमा समाजसँग जोडिएर बस्न सक्नेछन्। चीनले यो सेवा सीमा क्षेत्रमा तैनाथ सैनिकहरुको उत्तम प्रशिक्षणका लागि शुरू गरेको छ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार