माछापोखरी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
माछापोखरी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबार विस्तार गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी अन्तरगत क्युआर कोड सेवा सुरु गरेको छ।

शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी क्यू आर कोडबाट रकम भुक्तान गरेर सेवाको सुरुवात गरेका हुन् ।

सेवा सुरु गर्दै कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाएको बताएका थिए।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार