‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ।

राजधानीमा एक कार्यक्रमका बिच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरे । यस योजनामा ५ जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाईल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन् ।

इसेवामा आवद्द भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर गत फागुन १, २०७६ देखी चैत्र ३०, २०७७ कार्तिक १५ देखी माघ ३० सम्म उपहार योजना सञ्चालन गरेको थियो । जसमा करिब १ लाख भन्दा बढी इसेवा एजेन्टहरुले सहभागिता जनाएका थिए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार