कसले जिते डिशहोम “खुशीको उडान” योजनाको पहिलो हप्ताको बैंकक ट्रिप?

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
कसले जिते डिशहोम “खुशीको उडान” योजनाको पहिलो हप्ताको बैंकक ट्रिप?

काठमाडौं ।

डिशहोमले भर्खरै शुरु गरेको “खुशीको उडान” योजनाको पहिलो हप्ताको भाग्यशाली विजेता घोषणा गरेको छ। पहिली हप्ताको विजेतामा क्यास आईडी ०२५५८१३३९६० र ०२५१९२५०८८५ रहेका छन्।

चैत २६ गते बेलुका पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरु लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण गरिएको थियो।

यो योजनाको दोस्रो हप्ताको लक्मी ड्र डिशहोमा  आगामाी वैशाख २ गते बिहीबार हुनेछ ।

केही समयअघि शुरु गरिएको यो योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् ।

साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार