विश्वकै पहिलो वाइफाइ ६ई इनेबल भएको ८के क्यूएलईडी टेलिभिजन सार्वजनिक

  • Technology Khabar | २६ चैत्र २०७७, बिहीबार
विश्वकै पहिलो वाइफाइ ६ई इनेबल भएको ८के क्यूएलईडी टेलिभिजन सार्वजनिक

काठमाडौं ।

मिडियाटेक र सामसङ मिलेर विश्वकै पहिलो वाइफाइ ६ई इनेबल भएको ८के क्यूएलईडी टेलिभिजन निर्माण गरेका छन्। यो फ्ल्यागशिप टेलिभिजनलाई कम्पनीले सामसङ ८के क्युएलईडी वाई२१ नाम दिएको छ।

वाइफाई ६ई ६ गिगाहर्ज स्पेक्ट्रममा कुनै पनि ब्याण्डविथ प्रयोग नगरी चलाउनका लागि डिजाइन गरिएको हो। यो हालसम्म उपलब्ध वाइफाइ जेनेरेशनको तुलनामा धेरै फिचरहरुले युक्त रहेको बताइएको छ।

यी फिचरहरुमा मल्टि गिगाबिट डाटा थ्रुपुट, लोअर ल्याटेन्सी र लेटेस्ट सेक्युरिटीका साथै कनेक्शन रिलायबिलिटी रहेका छन्।

सामसङको टेलिभिजन बजारलाई अगाडि बढाउने दावी

मिडियाटेक कर्पोरेट इन्टेलिजेन्ट डिभाइसेज बिजनेस ग्रुपका वरिष्ठ अध्यक्ष तथा महानिर्देशक जेरी यूले कम्पनीको वाइफाइ ६ सपोर्ट गर्ने अत्याधुनिक कनेक्टिभिटी प्रविधिलाई सामसङ ८के टीभीमा मिसाइएको बताएका छन्।  यसले प्रिमियम स्मार्ट टीभी सेगमेन्टलाई विश्वकै अगाडि लैजाने कम्पनीको विश्वास छ। सामसङ र आफूबीचको साझेदारीले उपभवक्तालाई अत्याधुनिक स्मार्ट टीभी प्रविधि उपलब्ध हुने यू को भनाइ छ।

अत्याधुनिक कनेक्टिभिटी सपोर्ट गर्ने

सामसङ ८के क्यूएलईडी टीभी मिडियाटेक एमटी९२१एयू चिपसेटमा आधारित छ। यसले वाइफाइ ६ई र ब्लुटूथ ५.२ लाई एउट उच्च एकीकृत प्लेटफर्ममा सपोर्ट गर्दछ।

यो टीभीमा १.२ जीबी प्रति सेकेन्डको गतिमा उपभोक्ताले बिना कुनै रोकावट स्ट्रिमिङ तथा गेमिङको मजा लिन सक्नेछन्। मिडियाटेकले वाइफाइ एलायन्ससँग मिलेर काम गर्छ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...