
काठमाडौं ।
निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक यती एयरलाइन्सले आफ्नो आफ्नो मोबाइल एप्समा रजिस्ट्रर गर्नेलाई फुडमाण्डुमा सहुलियत दिने भएको छ।
यसरी दर्ता गर्दा अनलाइनमार्फत खाना उपलब्ध गराइरहेको फुडमान्डुमार्फत खाना माग गर्दा १५ प्रतिशत वा पाँच सय रुपियाँसम्म सहुलियत दिने व्यवस्था गरेको हो ।
कम्पनीका अनुसार एप्समा दर्ता हुने प्रयोगकर्ताले छुट्टै कोड प्राप्त गर्ने छन् । उक्त कोड प्रयोग गरी सहुलियत लिन सकिने कम्पनीले जनाएको छ ।
यो सहुलियत प्राप्त गर्न कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरि सक्नुपर्नेछ ।
‘यति मिठो अफर’ नाम दिइएको यो सहुलियत आगामी तीन महिनासम्म कायम रहने पनि कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ चैत्र २०७७, बुधबार